दफा ४४
कम्प्युटर स्रोत सङ्केतको चोेरी, नष्ट वा परिवर्तन गर्ने
प्रचलित कानूनले कम्प्युटर स्रोतको सङ्केत (सोर्स कोड) लाई यथावत् राख्ने गरी तत्काल व्यवस्था गरेको अवस्थामा कुनै व्यक्तिले कुनै कम्प्युटर, कम्प्युटर कार्यक्रम, कम्प्युटर प्रणाली वा कम्प्युटर नेटवर्कका लागि प्रयोग हुने कम्प्युटर स्रोतको सङ्केत (सोर्स कोड) लाई जानी–जानी वा बदनियत राखी चोरी गरेमा, नष्ट गरेमा, परिवर्तन गरेमा वा त्यस्तो काम गर्न लगाएमा निजलाई तीन वर्षसम्म कैद वा दुई लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनका लागि “कम्प्युटर स्रोत सङ्केत” (कम्प्युटर सोर्स कोड) भन्नाले कम्प्युटर कार्यक्रमहरुको सूचीकरण, कम्प्युटर निर्देशन (कमान्ड), कम्प्युटर डिजाइन र कम्प्युटर लेआउट तथा कम्प्युटर सम्पदाको जुनसुकै स्वरुपमा रहेको कार्यक्रम विश्लेषण (प्रोग्राम एनालिसिस) लाई सम्झनु पर्छ ।